शेयर बजारमा ३ दशमलव १५ अंकको गिरावट

दियोपोस्ट संवाददाता

शेयर बजार कारोबार मापक नेप्से परिसुचक आज ३ दशमलव १५ अंकले घटेको छ । होटल, विकास बैंक र उत्पादन मुलकबाहेक सबै समूहको उप–सुचक घटेसँगै नेप्से परिसुचक ११ सय ९ दशमलव ७२ बिन्दुमा झरेको हो ।

१ सय ५३ कम्पनीले गरेको कारोबारमा आज २१ करोड ७ लाख रुपैयाँ बराबरका ८ लाख २८ हजार कित्ता शेयर किनबेच भएका छन् । दिनभरको कारोबारमा प्रभु बैंक लिमिटेडले सबैभन्दा धेरै १ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

नेप्से परिसुचक घटेसँगै कन्चन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले झण्डै ७ प्रतिशत गुमाए भने चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।

सम्बन्धित खबर

सिफारिस