लगातार घट्दै नेप्से परिसुचक, आइतबार ७ अंकको गिरावट

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ६ । नेप्से परिसुचक आज पनि ७ दशमलव २१ अंकले घटेको छ । हिजो झण्डै ३ अंकले घटेको नेप्से परिसुचक आज पनि घटेर ११ सय २ दशमलव ५१ बिन्दुमा झरेको हो । होटल र उत्पादनमूलक बाहेक सबै समूहको उपसूचक घटेसँगै कारोबार मापक नेप्से परिसुचक घटेको हो ।

कारोबार रकम भने २ करोड रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । आइतबार १ सय ६१ कम्पनीका २३ करोड ४५ लाख रुपैयाँ बराबरका ८ लाख ७६ हजार कित्ता शेयर किनबेच भएका छन् । नविल बैंक लिमिटेड प्रोमोटरले आज सबैभन्दा धेरै २ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

यसैगरि वर्ड मर्चेन्ट बैंक तथा फाईनान्स लिमिटेडका लगानीकर्ताले ९ गुमाएका छन् भने चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

सम्बन्धित खबर

सिफारिस