धनगढी प्रिमियर लिगः काठमाडौँलाई हराउँदै सिवाइसी अत्तरीया शीर्ष स्थानमा

दियो पोस्ट  

काठमाडौँ, फागुन ७ । धनगढी प्रिमियर लिग अन्तगर्त सिवाइसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ७ विकेटले हराउँदै लिगको शिर्ष स्थानमा रहन सफल भयो । हारपछि पनि काठमाडौंले क्वालिफायर्समा अत्तरीयासँग नै खेल्नेछ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७५ रन मात्र बनायो । काठमाडौंले निकै कमजोर सुरुवात गर्दै ६ रनमा दुई विकेट गुमायो । उसका दुबै ओपनर गौरव तमोर एक र अनिलकुमार शाह ५ रनमा आउट भए । त्यसपछि पनि उसका मिडिलअडरका खेलाडी विच कुनै राम्रो साझेदारी हुन सकेन ।

जवाफमा अत्तरीयाले १७ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । अत्तरीयाको जितमा आजपनि विदेशी खेलाडी जयकशिन कोल्सावाला नायक बने । २५ रन हुँदा सुविन्धु पाण्डेलाई मात्र ५ रनमा गुमाएको अत्तरीयाले ५० रनमा दोस्रो विकेट खेर फाल्यो । प्रेम तामाङ १० रनमा आउट भए । त्यसपछि ६३ रन हुँदा जयकिशन कोल्सावाला ब्यक्तिगत ३३ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान दिपेन्द्र ऐरीले अविजीत रन बनाउँदै टिमलाई जित दिलाए