
काठमाडौँ, फागुन ७ । नेपाल पर्यटन बोर्डको संचालक समितिमा दुईजना नियुक्त भएका छन् । संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको मन्त्रीस्तरिय वैठकले पम्फादेवि पौडेल धमला र विप्लव पौडेललाई संचालक समितिमा नियुक्त गरेको हो ।
सरकारले दुई सदस्यहरुलाई तीन बर्षको लागि नियुक्त गरेको हो । नियुक्त भएका दुबैजना सदस्यहरु पर्यटन व्यवसायी हुन् । विप्लव पौडेल पोखरामा रहेको होटल बाराही, बाराही जंगल लज, साराङकोट माउन्टेन रिसोर्ट एण्ड स्फाका कार्यकारी निर्देशक हुन् । पोखरा अल्ट्रालाइटका अध्यक्षसमेत रहेका पौडेलले नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टबाट डिप्लोमा गरेका छन् ।
उनि क्षेत्रीय होटल संघ पोखराका पुर्व अध्यक्ष पौडेल भ्रमण वर्ष २०११का उपसंयोजक थिए। हाल उनी भ्रमण वर्ष २०२० उपसमितिका सदस्य पनि हुन्।