एनसेल कार्यलयमा बम विष्फोटमा परी घाईतेमध्ये १ जनाको मृत्यु

दियो पोस्ट  

ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते भएकामध्ये १ जनाको ज्यान गएको छ । विष्फोटमा परी घाईते भएका तीन जनामा मध्ये सिंहप्रसाद गुरुङको उपचारको क्रममा ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

लम्जुङ भर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको मेडीसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

अनुसन्धानका लागि दुई सुरक्षा गार्ड पक्राउ

यसैबीच, नक्खुमा रहेको एनसेल टावरको मूल ढोकामा भएको बम विस्फोटमा टावरको सुरक्षामा खटिएका गार्डहरूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बम विस्फोटमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै जना एनसेल टावरको सुरक्षाका लागि खटिएका गार्ड हुन् । उनीहरूको नाम भने प्रहरीले गोप्य राखेको छ । सिसिटिभी फुटेज हेरेका ती प्रहरी अधिकारीकाअनुसार मोटरसाइकलमा आएका केही व्यक्तिहरू गए लगत्तै सुरक्षा गार्ड भित्र गएर बम ल्याएर विस्फोट गराएका थिए ।

विप्लव नेतृत्वको नेकपाले उक्त विष्फाट गराएको उच्च स्रोतको दाबी छ ।

सरकारलाई ८५ अर्ब भन्दा बढी कर छली गरेपछि एनसेल विवादमा पर्दै आएको थियो । मलेशिया स्थित एक्जीएटाको स्वामित्वमा रहेको एनसेल नेपालमा पटक पटक विवादमा पर्दै आएको छ ।

‘नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाल कम्युनिस्ट पार्टीले विष्फोटन गराएको आशंका छ,’ उच्च स्रोतले भन्यो,‘हामी अनुसन्धानकै क्रममा छौं ।’