बसन्तपुरको ग्याँस स्टोरमा भीषण आगलागी, ९ वटा सिलिण्डर पड्किए

दियो पोस्ट  

काठमाडौँ, फागुन २३ । राजधानीको बसन्तपुरस्थित एक ग्याँस स्टोरमा आगलागी भएको छ । बसन्तपुरको मख्खान टोलमा रहेको सो स्टोरमा ग्याँस सिलिण्डर पड्किएर आगलागी भएको हो ।

एउटा ग्याँस सिलिण्डर पड्केर लागेको आगो नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म ९ वटा सिलिण्डर पड्किसकेको प्रहरीले जनाएको छ । ग्याँस सिलिण्डर पड्केर तीन वडा घर जलेका छन् भने एउटा घर पुर्ण रुपमा क्षती भएको छ । सिलिण्डर पड्किएर अहिलेसम्म मानविय क्षति नभएको एक जना सामान्य घाइते भएको उद्धारमा खटिएका अधिकारीहरुले जनाएका छन् ।

दुर्घटना के कारणले भएको भन्ने कुरा अनुसन्धानपछि थाहा हुने तत्काल आगो नियन्त्रणमा लिने प्रहरीले जनाएको छ । दुर्घटना भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयहरु आगो नियन्त्रण गर्नका लागि खटिएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।