अन्तत : काठमाडौंमा एक नागरिकमा कोरोना भाइरस संक्रमण !

दियो पोस्ट  

काठमाडौं, १० चैत्र । काठमाडौंमा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।


स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उनलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका हुन् । ती व्यक्ति चैत्र ५ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनलाई टेकु अस्पतालमा राखेर थप उपचार गरिएको छ । टेकु अस्पतालमा सुरक्षा बढाइएको छ ।