आनी छोइङको नियुक्तिको कानुनी आधार छानबिन गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौँ । आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएको विरोधमा सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय जेन्जी नागरिक अभियान, तामाङ नागरिक समाज तथा लुम्बिनी विकास कोष र गुम्बा विकास समिति बचाऊ संयुक्त समितिको अगुवाइमा विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरूले आनी छोइङ डोल्माको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनीहरूले नियुक्तिको कानुनी आधार र औचित्यसमेत छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न माग लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नियुक्तिबारे छानबिन गर्न माग गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा २०८३ असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबर

सिफारिस