
पोखरा । पोखरा महानगरपालिका-२९ आदर्शचोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । तालचोकबाट पावर हाउसतर्फ जाँदै गरेको ग २४ प १६३५ नम्बरको मोटरसाइकलले जेब्राक्रसबाट सडक पार गर्दै गरेका ६१ वर्षीय रमाकान्त शर्मालाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि पश्चिमाञ्चल अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।