
काठमाडौँ । सामसङ मोबाइल नेपालले चाडपर्वलाई लक्षित गर्दै ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन २४ महिनाको किस्ताबन्दी सुविधामा उपलब्ध गराएको छ । यस योजनाअन्तर्गत ग्राहकले मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ता तिरेर स्मार्टफोन खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ग्राहकले पुरानो स्मार्टफोन साटेर ३ हजार रुपैयाँसम्मको अतिरिक्त बोनस प्राप्त गर्न सक्नेछन् । यस सुविधाले नयाँ स्मार्टफोन खरिद गर्दा सुरुमा बुझाउनुपर्ने रकममा छुट पाउन सहयोग पुग्नेछ ।
कम्पनीले ग्यालेक्सी ए१७ फाइभजीका विभिन्न संस्करणअनुसार फरक-फरक मासिक किस्ता निर्धारण गरेको छ । ६ जिबी अस्थायी स्मृति र १२८ जिबी भण्डारण क्षमता भएको संस्करणको खुद्रा मूल्य ४४ हजार ९९९ रुपैयाँ छ । उक्त फोन २४ महिनाको किस्ताबन्दीमा खरिद गर्दा मासिक १ हजार २२१ रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, ८ जिबी अस्थायी स्मृति र १२८ जिबी भण्डारण क्षमता भएको संस्करणको मूल्य ४८ हजार ९९९ रुपैयाँ तथा मासिक किस्ता १ हजार ३३० रुपैयाँ रहेको छ । ८ जिबी अस्थायी स्मृति र २५६ जिबी भण्डारण क्षमता भएको संस्करणको मूल्य ५६ हजार ९९९ रुपैयाँ र मासिक किस्ता १ हजार ५४७ रुपैयाँ निर्धारण गरिएको छ ।
ग्यालेक्सी ए१७ फाइभजीको मूल्य र मासिक किस्ता

कम्पनीका अनुसार ग्यालेक्सी ए१७ फाइभजीको २४ महिनाको किस्ताबन्दी योजना र यसका सर्तबारे थप जानकारी लिन ग्राहकले नेपालभर रहेका सामसङका आधिकारिक पसल तथा बिक्री केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।