काठमाडौं, १० चैत्र । कोरोना भाइरस कोभिड (१९) बाट बिरगन्जका व्यापारी शिव शंकर रुङ्गटा संक्रमित भएको झूटो खबर फैल्याएको आरोपमा गृह मन्त्रालयले कारबाही तयारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की र सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतमाथि कारबाही तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।
भारतको पटना स्थित पटना मेडिकल कलेजमा उपचाररत बीरगन्जका रुंगटालाई कोरोना लागेको पुष्टि भएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले केही मिडियाकर्मीलाई खबर गरेका थिए ।
आधिकारीक पुष्टि नगरेपनि नेपालमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
उनलाई समेत अफबाह फैल्याएको आरोपमा पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
कोरोना भाइरसबारे चिकित्सक वा सरकारी प्रतिनिधिले आधिकारीक रुपमा बोल्नु पर्ने भएतापनि अन्य व्यक्ति डाक्टर र बन्दा आइतबार देशभर सन्त्रास फैलिएको थियो ।
प्रेस काउन्सिल नेपालका कार्याबाहक अध्यक्ष किशोर श्रेष्ठले सिडियोमाथि कारबाहीको तयारी रहेको बताए । सामाजिक सञ्जालमा भ्रम फैलाउनेमाथि कारबाहीका लागि प्रेस काउन्सिलले समेत मद्दत गर्दै आएको छ ।