काठमाडौँ, चैत १२ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना पोजेटिभ देखिएको तेस्रो व्यक्ति धादिङका युवक रहेको खुलेको छ । बुधबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भर्चुअल प्रेस मिट गर्दै कोरोना संक्रमित तेस्रा ब्यक्ति धादिङका रहेको खुलाएका हुन् । दुबईबाट उनी चैत्र ५ गते स्वदेश फर्किएका थिए ।
उनका अनुसार उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।
त्यहाा संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको हो ।
उनमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइशोलेसनमा राखेर उपचार गरिएको छ । उनिसँगै गत सोमबार कोरोना पुष्टि भएको युवतीलाई पनि सोही अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएको छ ।