कोरोना रोकथाम र नियन्त्रणममा कृषि बिकास बैंक, प्रदेश नं. ५ सरकारलाई ५ लाख रुपैँया प्रदान

कोरोना रोकथाम र नियन्त्रणममा कृषि बिकास बैंक, प्रदेश नं. ५ सरकारलाई ५ लाख रुपैँया प्रदान

बुटवल चैत्र १७ । कृषि बिकास बैंक लिमिटेड प्रदेश नं. ५ को कार्यालय भैरहवाले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै प्रदेश सरकारलाई ५ लाख रुपैँया हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गत बिश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पाच लाख रुपैयांको चेक हस्तान्तरण गरिएको हो ।

मुुलुकभरको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणको हितका लागि आफुहरुले प्रदेश ५ सरकारसंग समन्व्य गरि रकम हस्तान्तरण गरेको बैंकका निर्देशक चन्द्रसिंह थापाले जानकारी दिए । उनले भने- “कृषि बिकास बैंकले देशका बिभिन्न शाखाहरुबाट बैंकका सेवाग्राहीहरुलाई सुरक्षित रुपमा सेवा प्रदान गरीरहेको छ, बैंकको ५ नं. प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुले समेत यस समयमा स्थानीय प्रशासनसंग समन्वय गरी बैंकिङ्ग सेवाहरु प्रदान गरीरहेका छौँ ।”

बैँकले प्रदेश सरकारलाई रकम हस्तान्तरण गरि सहयोग गरेको भन्दै मुख्य मन्त्री पोखरेलले खुसी तथा आभार ब्यक्त गरे ।

यस अघि कृषि बिकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाले रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारत सिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको थियो ।

संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना समेत उपलब्ध गराएको थियो । बैंकले नेपालगंजस्थित रुपडिया नाकामा समेत पानी ट्यांकी सहित सावुन पानिले हात धुने व्यवस्था मिलाएको थियो ।

साथै कृषि बिकास बैंक केन्द्रीय कार्यालयद्धारा नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि खडा गरेको केन्द्रीय कोरोना राहत कोषमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले १ करोड २५ लाख रुपैँया सहयोग गरेका थिए ।

Trending News