मल खरिदकाण्डमा मुछिएका शारदा अधिकारी र हुमनाथ कोइरालाको कम्पनि कालोसुचीमा !

मल खरिदकाण्डमा मुछिएका शारदा अधिकारी र हुमनाथ कोइरालाको कम्पनि कालोसुचीमा !

काठमाडौं, २२ फागुन । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने तथा गुणस्तरहिन काम गर्ने विभिन्न ठेकेदार कम्पनीलाई कालोसुचिमा राखेको छ ।


शनिबार गोरखापत्रमा सार्वजनिक सुचना अनुसार १० वटा ठेकेदार कम्पनिलाई एक वर्षका लागि कालोसुचिमा राखेको हो ।

मल खरिदको ठेक्का पाएपनि समयमै मल खरिद गरेर ल्याउन नसकेपछि ‘घरबेटी’ ठेकेदारको रुपमा चर्चित शारदा अधिकारीको स्वामित्व रहेको शैलुङ इन्टरप्राइजेज पनि कालो सुचीमा परेको छ ।


कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा उनको कम्पनिलाई कालोसुचीमा राखेको हो । त्यस्तै नक्कली भ्याट बिलदेखि खुल्ला मञ्ज कब्जासम्म मुछिएका हुमनाथ कोइरालाको स्वामित्व रहेको होनिका मल्टिपल प्रा.ली पनि कालोसुचिमा परेको छ ।

यो कम्पनिले पनि मल खरिदको ठेक्का हत्याएको थियो । कृषी सामग्री कम्पनीकै सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कोईरालाको स्वामित्व रहेको कम्पनिलाई कालोसुचीमा राखेको हो ।

कालोसुचीमा परेका ठेकेदार कम्पनि

Trending News