काठमाडौँ । विचौलिया दिपक भट्ट र शंकर समुहसँग पार्टनरसिप लिएका गृहमन्त्री सुधन गुरुङले पदबाट राजिनामा दिनु पर्ने भन्दै नेपाल वद्यार्थी संघ (नेबिसंघ)का युवाहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् । सो क्रममा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नजिकै नाराबाजीसहित प्रदर्शन गरिरहेका उनीहरूलाई सुरक्षा घेरा तोडेर भित्र प्रवेश गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार निषेधित क्षेत्रभित्र प्रवेश गरी सरकारी कार्यालयको शान्ति-सुरक्षा भंग गर्ने प्रयास भएको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई हाल प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ।
प्रदर्शनकारी युवाहरूले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले मन्त्रीमाथि उठेका विभिन्न विवाद र आरोपको निष्पक्ष छानबिनको मागसमेत गरेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।