काठमाडौं । सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुर गरेको अभियोगमा विचौलिया दिपक भट्ट सम्पत्ति सुद्धिकरणको सिफारिसको आधारमा यतिबेला प्रहरी हिरासतमा छन् । केहीदिन अघि पक्राउ परेका उनलाई प्रहरीले पुल्चोकस्थित प्रहरी चौकीमा हिरासतमा राखेको छ । उनै भट्ट र सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर समेत साझेदार भएको कागजात फेला परेको छ ।
धितोपत्र सम्बन्धी कानुन उलंघन गरेको अभियोगमा कारबाही सिफारिस भएको हिमालयन रि ईन्स्योरेन्समा भट्टको ईन्फिनिटी होल्डिङसँगै विभागका महानिर्देशक ठाकुरको पत्नि राखी निहारिका ठाकुर समेत साझेदार रहेको खुलेको हो । उनको नाममा सेयर रहेको कागजात दियोपोस्टले फेला पारेको छ ।
राखी निहारिका ठाकुरको नाममा २० हजार थान सेयर रहेको शेयर लगतमा देखिन्छ ।
उनको नागरिकता नम्बर भिडाउँदा मधेश प्रदेश महोत्तरी जिल्ला मनरा शिवा नगरपालिका ९ स्थायी ठेगाना समेत मिलेको छ । पतिको नाम गजेन्द्र कुमार ठाकुर नै रहेको तथ्यहरुले पुष्टि गरेको छ ।

हिमालयन रि ईन्स्योरेन्समा दिपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत समुहको लगानी रहेको छ । सोही कम्पनिमा दिपक भट्टले अवैध कारोबार गरेको र सम्पत्ति सुद्धिरकण सम्बन्धी कसुर गरेको भन्दै सम्पत्ति सुद्धिकरण विभागले नै अनुसन्धान गरिरहेको छ । तर, सोही कम्पनिमा विभागको नेतृत्वकर्ता ठाकुरले श्रीमतीको नाममा पार्टनरसिप लिएको पाइएको हो ।

यसअघि दियोपोस्ट डटकमले विचौलिया दिपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको समेत पार्टनरसिप रहेको खुलाशा गरेको थियो । अर्थमन्त्रालय मातहतको सम्पत्ति सुद्धिकरण विभागको नेतृत्व समेत भट्टसँग पार्टरसिपमा देखिएपछि हाल पक्राउ परेका दिपक भट्टमाथि कारबाही हुनेमा आशंका बढेको छ ।