मासु थोरै भएको निहुँमा नेपाली सेनाका दुई डा. जर्नेलबीच कुटाकुट !

मासु थोरै भएको निहुँमा नेपाली सेनाका दुई डा. जर्नेलबीच कुटाकुट !

काठमाडौं, २० चैत । कस्ता–कस्ता कमाण्डो तालिम गरेका सैनिक अधिकारीले आपसमा कुटाकुटै गरे भन्ने कुरा उति सुनिएको थिएन । तर, छाउनीस्थित सैनिक अस्पतालमा कमाण्डो तालिम नगरेका दुई डाक्टर जर्नेलबीच हानाहान चलेको छ ।

भन्न पनि लाजलाग्दो कि, एकतारे जर्नेल भइसकेका यी चिकित्सको झगडाचाहिँ दुई–चार चोक्टा मासु धेरथोर भएको निहुँमा परेको रहेछ । झगडिया हुन्, डा.सुशील रावल र डा.उदय बज्राचार्य । नेपालकै नाम चलेका सर्जन मानिन्छन्, डा.रावल । डा.उदयचाहिँ बिरामीलाई बेहोस बनाउने विज्ञ हुन् । तर, सर्जन डा.सुशीलले दिउँसो एघारै बजे एनेस्थेसिस्ट डा.उदयको कोठामा छिरेर झण्डै बेहोस हुने गरी दच्काइदिए, एकसाताअघि । ठूलो कुरा भए, ठीकै हो भन्न हुन्थ्यो । मासुको निहुँ, त्यो पनि हैन, वेटरहरुले प्लेटमा हालिदिएको चोक्टाका कारण अपमानित महसूस गर्दै सुशील जाइलागेको बताइन्छ । आफ्नो कोठामा काम गरेर बसिरहेका उदय त्यतिबेला छक्क परे, जब सुशील हाट्टहुट्ट गर्दै कोठामा छिरेर सीधै ब्वाङव्वाङ हिर्काउन थाले । उदय ‘के भयो, के भयो’ भन्दै थिए, सुशीलचाहिँ ‘साले, मलाई हेप्ने रु मलाई चिफले त केही गर्न सक्दैन । तैँले हेप्ने’ भन्दै झन् हिर्काउन थाले ।
कुटाई खाएका दिनदेखि डा.उदय अस्पताल गएका छैनन् । काम गर्दागर्दै अनाहकमा कुटिनु, त्यो पनि आफूभन्दा जुनियरबाट– योभन्दा घोर अन्याय अरु हुँदैन भन्ने दाबी छ उदयको । उनले सुशीलमाथि कारवाही नभएसम्म काममा नजाने भन्दै आएका छन् ।
उता, सैनिक अस्पतालको हुनेवाला प्रमुख कार्यकारी डा.अरुण न्यौपाने भर्खरै पदमा बहाली हुनुअघि नै विवादमा तानिएका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्रको अभियोग लागेर जागिरबाट हटेका शैलेन्द्रसमशेर थापाले जुन कलेजबाट, जसरी शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएका थिए, अरुणको मामिला ठ्याक्कै उही छ । सर्टिफिकेटलाई आधार मान्दा अरुणले पनि शैलेन्द्रले जसरी नै साढे २३ वर्षमा डाक्टरी पढिवरी जागिर खाएको देखिन्छ, जुन सम्भव कुरा होइन । एउटा कोरा मान्छेले डाक्टर बन्नका लागि कूल शैक्षिक जीवनको कम्तिमा साढे २४ वर्ष त पढेकोमात्रै हुनुपर्छ । एसएलसी गर्न १५ वर्ष, प्लस टुलाई दुई वर्ष, साढे चार वर्ष डाक्टरी शिक्षाको किताबी पढाई, एक वर्ष इन्टर्नसीप गर्नुपर्छ । बीचमा रिजल्ट हुन समय लाग्छ । जाँच दिएको कम्तिमा ६ महिनापछि रिजल्ट आउँछ । यो हिसाब निकाल्दा नै बुझिन्छ, डा।अरुण पनि फस्ने रहेछन् । उनको जन्म २०२२ साल असार ३ हो ।

जागिर खाएको ०४५ साल पुसमा ९२३ वर्ष ६ महिनाको हुँदा० । तर, साढे २३ वर्षमा एउटा कोरा मान्छे नेपालमा त के संसारको जुनसुकै देशमा जन्मिएर पनि डाक्टर बन्दैन । जसरी शैलेन्द्र प्लस टुको सर्टिफिकेटका निम्ति पञ्जाब पुगे, त्यसरी नै अरुण गएका थिए । पञ्जाब युनिभर्सिटीबाट उनीहरुले इक्विभ्यालेन्ट पनि ल्याएका छन् । तर, प्लस टुको सट्टा प्रिमेड उत्तीर्ण छन्, जुन प्लस टु बराबर हैन । शैलेन्द्रले त्यहीँ फिजिक्स पढे, अरुणले बायोलोजी । उही पढाई, उही कलेज, उही समय । त्यसमाथि अरुणले अहिलेसम्म आफ्ना शैक्षिक प्रमाणपत्र मेडिकल काउन्सिलमा पेश गरेका छैनन् । यसरी अहिलेसम्म लुकाएर राखिएका शैक्षिक प्रमाणपत्रको पोका एकैचोटि फुक्ने सम्भावना बलियो बनेको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

Trending News