लावारिस अवस्थामा २ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । रूपन्देहीको तिलोत्तमा नगरपलिका–१६ पूर्वी बहियामा एक जनाको शव फोला परेकोछ । मृत्यु हुनेमा नवलपरासी सुनवल नगरपालिका–७ सिसनी बस्ने १८ वर्षीय सुमन कंवर रहेका छन् । बहियास्थित कोही नबस्ने खाली घरभित्र मृत अवस्थामा मंगलबार उनको शव फेला परेकाहो । घटना सम्बन्धमा थप अनुसन्धानको लागि प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

साथै पर्साको वीरगंज महानगरपालिका–८ स्थित बिएनबि क्याफे नजिक बाटो छेउमा मंगलबार एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।