युएस ओपनमा कांस्य पदक बिजेता कराते खेलाडी सुमन तिमिल्सिना सम्मानित

दियोपोस्ट संवाददाता  

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी सुमन तिमिल्सिनालाई सम्मान गरेको छ ।

फ्लोरिडामा गत साता सम्पन्न युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल भएको अवसरमा च्याम्पियन्स मार्सल आर्ट्सले सुमनलाई सम्मान गरेको हो ।

सुमनलाई च्याम्पियन्सका प्रशिक्षक तथा दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता सुनिल लामा र प्रशिक्षक जनकसिंह खड्काले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा सुमनका ट्राभल पार्टनर लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सी प्रा.लि.का प्रबन्धक सुदिप छत्कुलीलाई पनि सम्मान गरिएको थियो ।

सिफारिस