बाराको छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । बाराको विभिन्न स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ जिल्लाको महागढीमाई नगरपालिका–६ मा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने मुसि राउत अहरी यादवको छोरी ९ वर्षीया जयमाला कुमारी यादव रहेकी छिन् । खेतबाट घर फर्कने क्रममा विद्युतको पोल ढली पोलमा जडान भएको तारबाट करेन्ट लाग्दा बुधबार बिहान उनको घटनास्थलमै मृत्यु भएको हो ।

साथै बाराकै देवताल गाउँपालिका–४ मा एक जना परुषको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुलिन राम रहेका छन् । सोही ठाउँस्थित भवनमा भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।