विभिन्न हातहतियारसहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न हातहतियारसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ घर भएका ३२ वर्षीय रमेश बानिया  र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ का २१ वर्षीय शशी राई रहेका छन् । बानिया काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीको टोलीलाई देख्नासाथ उनले बोकेको झोला सडकमा फाली फरार भएका हुन् । फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थान हतियार फेला पारेको थियो । फरार भएका बानियालाई खाजी गर्ने क्रममा भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो । उनी बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी समेत हुन् ।

यसैगरी राईलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीको टोलीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।