छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–८ मा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा गोठडाडा बस्ने ६० वर्षीय खर्क बहादुर थिङ र ५० वर्षीय पूर्ण बहादुर लो रहेका छन् । सोही नगरपालिका तल्लोबिरेफाँटस्थित मकै बारीमा लत्रिएको बिजुलीको तारलाई पोल गाडी उठाउन फलामको खन्तीले खाडल खन्ने क्रममा करेन्ट लाग्दा उनीहरूको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

साथै काठमाडौंको नागार्जुन नगरपालिका–५ हरिसिद्दिस्थित स्पार्कलिङ्क ड्रिंकिङ् वाटर प्रालिमा काम गर्ने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा बरियारपट्टी नगरपालिका–८ शिवनगर घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–५ हरिसिद्दिमै बस्ने ४३ वर्षीय मोध नारायण यादव रहेका छन् । काम गर्नै क्रममा विद्युतको मिटरसँगै रहेको तारबाट करेन्ट लाग्दा उनको बुधबार राति मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।