सामाजिक सञ्जालमार्फत नाबालिकालाई र्दुव्यवहार तथा चरित्रहत्या, एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । अनलाइनमाफर्पत र्दुव्यवहार र चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–४ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ती किशोरले सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्बिर सहितको नक्कली प्रोफाइलबाट उनीहरुबीच भएको कुराकानी सम्पादन गरी, अश्लील तस्बिर र भिडियोमा जोडी पीडितको आफन्तहरूलाई पठाई बदनाम, बेइज्जत गरेका थिए । पीडित नाबालिकालाई तनाव दिएर चरित्रहत्या गरेको भन्ने उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान र प्राविधिक विश्वलेषणबाट ती किशोरको संलग्नता खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनलाई कञ्चनपुरबाट मंगलबार पक्राउ गरेको हो ।
उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।