छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ८ सय ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका–६ बस्ने २३ वर्षीय निमा स्याङतान र धादिङ थाक्रे गाउँपालिका–७ बस्ने २४ वर्षीय बिरे तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीको प्रहरीको टोलीले धुनीबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.९१ प ४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी सोमबार राति पक्राउ गरेको हो ।

यसैगरी ललितपुरको ललितपुर महानगरपालिका–१५ बोधिग्रामबाट अवैध लागूऔषध गाँजा ५ केजी ७ सय ६० ग्राम, गाँजाको फुलपातसहित ९ सय १२ ग्राम, पोल्याण्डको धुलो १ किलो ८ सय २० ग्राम, चरेस जस्तो देखिने पदार्थ १ सय ८० ग्राम र नगद २२ हजार ५ सय ९५ रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा थालाजुङ गाउँपालिका घर भई काठमाडौं काडाघारी बस्ने ४० वर्षीया
शान्ती रानामगर रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी सोमबार राति पक्राउ गरेको हो ।

साथै झापाको दमक नगरपालिका–८ डाँफे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका–४ बस्ने ३६ वर्षीय टेकेन्द्र कटुवाल रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कपिलवस्तुको बाणगंगा नगरपालिका–४ सिद्रिपुर बस्ने ४५ वर्षीय दान बहादुर मल्ल पक्राउ परेका छन् । उनी अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्रामसहित पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीको टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ६ सय २० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–२ बस्ने २४ वर्षीया आयुषा बिष्ट र अछाम साफे बगर नगरपालिका–३ बस्ने २४ वर्षीय मुकेश कुँवर रहेका छन् । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट सु.प.प्र.०१००८ प ४६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथैकैलालीकै टिकापुर नगरपालिका–६ बेलुवास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने २९ वर्षीय बिशाल ज्ञवाली र सोही ठाउँ बस्ने २६ वर्षीय रोशन सुनार रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीको उनीहरूलाई उक्त पदार्थसहित फेला पारी सोमबार राति पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको लौरी नगरपालिका–४ लक्ष्मीस्विट चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्राम ६० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउ बस्ने १८÷१८ वर्षीय दुई जना किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी सोमबार साँझ पक्राउ गरेको हो ।

यसैसाथ सप्तरीको कञ्चनरुप नगरपालिका–७ बालुवा टोल बस्ने ४० वर्षीय उमेश साह पक्राउ परेका छन् । उनी अवैध लागूऔषध गाँजा जस्तो पदार्थ १६ किलो ९ सय ३० ग्रामसहित पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी सोमबार साँझ उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस