पहिरोमा पुरिएर एक जनाको मृत्यु

दियो पोस्ट  

गोरखा । गोरखामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७ सिम्लेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८५ वर्षीय सुक बहादुर सार्की रहेका छन् । सोही ठाउँस्थित खोल्साको पहिरोमा पुरिएर मंगलबार साँझ उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस