भारी वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित–भीमदत्त सहित पहाडी ८ सडक अवरुद्ध

सुदूरपश्चिममा बाढीकाे वितण्डा

- ईश्वर जैसी  

कैलाली – बिहीवार बिहानदेखि परेको अविरल वर्षाका कारण कैलालीका विभिन्न स्थान डुवानमा परेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कैलालीको गोदावरी र लम्की क्षेत्रमा भारी वर्षा भैरहेको छ ।
विभागको तथ्यांक अनुसार गएको २४ घण्टामा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ८ को बचैलामा १५८, गोदावरीको अत्तरिया क्षेत्रमा १५५.६ र लम्कीचुहाकै बलियामा १४३.८ मिलिलिटर वर्षा भएको हो ।


मौसम पूर्वानुमान केन्द्रका अनुसार कैलालीमा पछिल्लो २४ घण्टामा ११४ मिललिटर वर्षा भएको छ । कर्णाली, कान्द्रा, पथरीया, खुटिया लगाएतका नदीमा पानीको बहाब बढेकाले नदी तटीय क्षेत्रमा पर्ने बस्तीहरुमा सुरक्षीत रहन पूर्वसुचना जारीगरिएको छ । भने सम्भावित जोखिमलाई ख्याल गर्दै जानकी गाउँपालिका र जोशिपुर गाउँपालिकाका १३९ घरमा बाढी पसेपछी सुरक्षित स्थान सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिव राज जोशीले जानकारी दिएको छन ।


त्यस्तै,
लगातारको वर्षा पछि आएको पहिरोका कारण सुदुरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग सहित अन्य ८ वटा सडक अवरुद्ध हुदाँ गन्तव्यका लागी हिडेका यात्रुहरु समस्यामा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार फल्टुडे, खानीडाँडा, भासुभीर, बुडर, रडुवा, मेलखर्क, आलिताल लगायतका सडकहरु पहिरोका कारण अबरुद्ध छन । राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै रोकिएका छन् । सुदुरपश्चिममा वर्षा शनिबार बिहान सम्म सक्रिय रहने देखिएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।