देशभर मतदान सम्पन्न, केही स्थानमा बहिष्कार

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभर आज मतदान सम्पन्न भएको छ। दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सकिएको छ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको मतदान समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यद्यपि केही स्थानमा भने मतदान प्रभावित भएको छ। ओखलढुंगाको माने भन्ज्याङ क्षेत्रमा स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका छन्।

यसैगरी दाङको बबई गाउँपालिका-७ मलईस्थित देउती माध्यमिक विद्यालय (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पनि मतदाताहरूले मतदान बहिष्कार गरेका छन्।