धादिङ दुर्घटना : गम्भिर घाइतेलाई अलपत्र छाडेर सामान्य घाइते हेलिकोप्टरमा सरर !

दियो पोस्ट  

धादिङ, १८ कार्तिक । मंगलबार विहान धादिङको पृथ्वी राजमार्ग जोड्ने कालुपाण्डे राजमार्गमा पर्ने निलकण्ठ नगरपालिका स्थित ससाहमा स्कर्पिओ दुर्घटना भयो । उक्त दुर्घटनामा दुर्घटनामा ५ जना घाइते भए ।

बा १५ च ३५०४ नम्बरको स्करपिओ दुर्घटनाग्रस्त हुँद मुक्तिनाथ विकास बैंक धादिङका शाखा प्रबन्धक सुरेन्द्र श्रेष्ठ र बैंककै कामका लागि काठमाडौं हिँडेका आइते नेपाली गम्भिर घाइते भए । उनीहरु दुवै जनालाई जिल्ला अस्पतालले थप उपचारका लागि काठमाडौं रिफर गर्यो ।


घाइते भएका श्रेष्ठ बैंकका ब्रान्च म्यानेजर हुन् । उनको आर्थिक हैसियत हुने नै भयो । उनी र अर्का गम्भिर घाइते आइते नेपालीलाई हेलिकोप्टरमा काठमाडौं लानुपर्ने हो ।

तर, जिल्ला अस्पतालको रिफर लेटर नै नभएका सामान्य घाइते विनोद खतिवडालाई हेलिकोप्टरमा लगेर अर्का गम्भिर घाइते र जिल्ला अस्पतालका रिफर लेटर समेत पाएका आइते नेपालीलाई भने छाडेर एभरेष्ट एयरको हेलिकोप्टर काठमाडौं उडेको पाइएको छ ।


‘यहाँ गरिबले बाँच्न नपाउने रहेछ । दुर्घटनामा घाइते हुने आइते नेपालीको आर्थिक अवस्था कमजोर भएका कारण हेलिकोप्टरले लगिदिएन,’ विरामीका आफन्त श्याम मगरातीले दियोपोस्टसँग भने,‘उनलाई अक्सिजनको कमि भएको थियो । हेलिकोप्टरले रिफर नै नभएको विरामीलाई लिएर उडेपछि मैले एम्बुलेन्स व्यवस्था गरेर पठाएँ ।

स्रोतका अनुसार उक्त हेलिकोप्टर मुक्तिनाथ विकास बैंकले चार्टर गरेको थियो । दुर्घटनामा मुक्तिनाथ बैंक धादिङ शाखाका प्रबन्धक सुरेन्द्र श्रेष्ठ, गल्छी १ का विनोद खतिवडा, चालक विक्रम विश्वकर्मा, चन्द्रबहादु्र दुवाडी र आईते नेपाली घाइते भएका थिए ।

TATA ADD