निर्मलाको दोषीलाई जोगाउने तर्फ लागेको भए संसदमा लगेर मेरो वर्दी खोलिदिनुः आइजीपी खनाल

Diyo post  

काठमाडौँ, मंसिर २४ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफु निर्मला पन्तको दोषीलाई जोगाउनेतर्फ नलागेको स्पष्ट पारेका छन् । सोमबार बसेको संसदको दिगो विकास तथा सुशासन समितिको वैठकमा संसादहरुको जवाफ दिँदै आइजीपी खनालले आफु कसैलाई जोगाउन तर्फ लागेको पुष्टि भए वर्दी खोल्न तयार भएको बताएका हुन् ।

निर्मला प्रकरणको अनुसन्धानमा गम्भिर लापरवाही गर्ने प्रहरी अधिकारीहरुलाई वर्खास्त गरिसकेको बताउँदै महानिरिक्षक खनालले प्रहरीलाई कुनैपनि राजनीतिक दबाब नरहेको समेत स्पष्ट पारेका छन् । ‘हामीलाई कुनैपनि राजनीतिक दबाब छैन, अनुसन्धान तीब्र रुपले अगाडी बढिरहेको छ’ उनले भने ‘अपराधि चाँडै कानुनको दायरामा आउँछ’ ।

निर्मला पन्त प्रकरणको अनुसन्धानमा समय लागेको र प्रहरी अधिकारीहरुको गम्भिर कमजोरी भएको स्विकार गर्दै आइजीपी खनालले प्रहरी कसैलाई जोगाउने तर्फ नलागेको जिकिर गरे । उनले नेपाल प्रहरीले गम्भिर अपराधका घटनाहरुमा ९७.५ प्रतिशतसम्म सफलता पाएको स्मरण गराउँदै निर्मला प्रकरणमा पनि वास्तविक अपराधि सम्म पुग्ने दृढ संकल्प व्यक्त गरे ।

दिगो विकास समितिका सदस्य सांसदहरुले नेपाल प्रहरीको विगतको इतिहास धेरै उत्कृष्ट रहे पनि निर्मला प्रकरणले धमिलिएको भन्दै आईजीपी र नेपाल प्रहरीको अहिलेको भूमिकाको चर्को आलोचना गरे ।

सांसदहरुले देशका विभिन्न भागमा भइरहेका हत्या, बलात्कार र हिंसाका घटनालाई लिएर ‘घेरेपछि’ आईजीपी खनालले स्पष्टिकरण दिएका हुन् । उनले निर्मला प्रकरणको अनुसन्धानको दायरा पनि साँघुरो भएको जिकिर गरे ।

सम्बन्धित खबर