काठमाडौं । दुई महिना अघि प्रदर्शनमा आएको हिन्दी फिल्म ‘ट्वेल्थ फेल’ अर्थात (१२ कक्षा फेल) अहिले नेपाली समाजमा पनि चर्चा बटुलेको छ । केही हप्ताअघि युट्युवमा राखिएको फिल्मका केही दृश्यले संजालमा भाइरल भइरहेको छ ।
यो हिन्दी चलचित्र एक आईपीएस अफिसरको जिवनीसँग आधारित छ । आईपिएस वा फिल्मको मूख्य पात्र १२ कक्षाको परिक्षामा फेल भएको हुन्छन् । १० कक्षासम्मको पढाईमा प्रथम भएको विद्यार्थी, एक्कासी १२ कक्षामा फेलहुनुले फिल्मको माधुर्यता अझ रोमान्चक बनाएको छ ।
पढाईको क्रममा फेल भइरहने पात्रको नाम हो विक्रान्त तर उ अघि बढिरहन्छ । यो फिल्ममा घरघरको कहानी जस्तै बनेको छ । अधिकांशका लागि । किनकी हामी सबै यस कहानीबाट प्रभावित छौँ । इमानदारीता, गरिबी, सिकाइ र सफलताको लडाइँमा आधारित ‘ट्वेल्थ फेल’ अति यथार्थपूर्ण छ ।
भारतको लोक सेवा आयोग सबैभन्दा प्रतिष्ठित संस्था हो । यसमा सहभागि भएका परिक्षार्थीले परीक्षा पास गर्नु चानचुने मानिदैन । अझ पढाइमा कमजोरका लागि यो असम्भव हो । यसमा सहभागि परिक्षार्थीले जस्तै अब्बल व्यक्तिलाई पनि विचलित बनाइएको पाइन्छ ।
चम्बरस्थित मध्य प्रदेशको गाउँमा एक विद्यालयले आफै चिट चोराएर विद्यार्थी पास गराइरहेको हुन्छ । तर, त्यस क्षेत्रमा एक नयाँ डीएसपीको प्रवेश हुन्छ दुष्यन्त सिंह (पियांशु चटर्जी) उनले त्यस परिक्षामा चिट चोर्न रोक लगाउँछन्, र १२ को परिक्षामा मनोज फेल हुन्छन् ।
फेल पश्चात मनोजले अर्को वर्ष तेस्रो श्रेणीमा कक्षा १२ अथवा ‘ट्वेल्थ’ पास गर्छन् । अनि आईपीएस परिक्षाको तयारी गर्न दिल्ली पुग्छन् । मनोजसँग परीक्षाका लागि पर्याप्त अनुभव र शिक्षा नभएपछि केही तयारीमै हुन्छन् । मनोजलाई आईपीएसको बारेमा केहीपनि थाहा हुन्दैन । तरपनि लगनशिलताका साथ लागि परेका हुन्छन् ।
मनोजका दिल्लीका साथीहरु अंशुमान र प्रेमिका मेधाको सहयोगमा आफ्नो सपना सकार हुन्छ । यो फिल्मको भूमिकामा रहेकी अभिनेत्री मेधा शंकरको पनि उतिकै चर्चा भइरहेको छ । मेधालाई निकै सरल भूमिका र भेषमा प्रस्तुत गरिएको छ । त्यसैको बाबजुत मेधा मनोजको जीवनमा महत्वपुर्ण बनेकी छिन् ।
निर्माता विनोद चोपडा (विधु) उत्कृष्ट निर्माता हुन् चलचित्रका ‘ट्वेल्थ फेल’ (१२ कक्षा फेल)को हरेक भुमिका आफ्नै कथा जस्तै लाग्छ । अझ भन्ने हो भने, मनोजको लुकेको जवानी, सही र गलत थाहा नभएको व्यक्ति र उनीहरुको संघर्ष हरेक पटक अन्तिमबाट सूरुहुन्छ ।
मनोज (अन्तर्वार्ता)को अन्तिम चरणमा जाँदा दर्शकको अनुहारमा एक खाले तनाब देखिन्छ, मनोजको रिजल्ट के हुने हो भनेर । त्यसकारणपनि यो हिन्दीफल्मको कथा निकै सरल भाषामा सभ्य तवरले प्रस्तुत गरिएको छ । तपाइ हाम्रै जिवनमा मिल्दा जुल्दा घटनामा आधारीत भएको अनुभूति हुन्छ ।