काठमाडौं । करिब ३ दशक सक्रिय पत्रकारीतामा विताएका नारायण तिवारीले आफ्ना पुराना पुस्तकहरु समेत दान गरेर हनुमानस्थान नजिकै पार्कमामा खुला पुस्ताकलय स्थापना गरेका छन् ।
आइतबार उनकै सहपाठीहरुले संयुक्त रुपमा खुला पुस्ताकालयको औपचारिक उद्घाटन गरेका हुन् । तिवारीले आफ्नो दराज र पुराना पुस्तकहरु पार्कमा बस्नेहरुका लागि निशुल्क अध्ययनको व्यवस्था गरेका हुन् ।

‘आफुले पढिसकेपछि ती किताब अरुले पनि पढुन् न भन्ने लाग्यो । पार्कमा फुर्सद पनि हुन्छ अनि पठन संस्कृति पनि जगाउं भनेर स्थापना गरेका हौँ,’ उनले भने,‘अहिलेलाई अनानगरको हनुमानस्थान नजिकको पार्क छेउमा छ । पार्कमा बस्छन किताब पढ्छन् भनेर । १५० वटा किताब र र्याक दिएर मैले सुरुवात गरेको छु । ठूला ठुला भ्रम या सपना भन्दा साना साना कर्मले समाज र देशलाई सहयोग पुर्याउन सक्छ भन्ने हो । यो अभियानलाई सकेसम्म देशैव्यापी बनाउने योजना छ ।’