खजुरीको ‘पफ’मा ट्रान्स फ्याटको मात्रा अत्यधिक, बजारबाट फिर्ता लिन खाद्य विभागको निर्देशन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री बितरण हुँदै आएको खजुरीको ‘पफ’ बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । खजुरीको नेपाल प्रा.लि.द्वारा उत्पादित उक्त पफमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’को मात्रा अत्यधिक रहेको भन्दै विभागले उक्त उत्पादन तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिएको हो।

बजार अनुगमनका क्रममा संकलित नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा ट्रान्स फ्याटको मात्रा अधिकतम रहेको पुष्टि भएको थियो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य पदार्थमा ट्रान्स फ्याट २ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ।

परीक्षणमा ट्रान्स फ्याटको मात्रा बढी देखिएकाले विभागले उक्त उत्पादनलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ घोषणा गरेको छ।

विभागले ललितपुर गोदावरी–१० स्थित उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र बी १ फाइभ ए का पफहरू तुरुन्त बजारबाट फिर्ता लिन निर्देशन दिएको छ।

ऐनको दफा ३८(२) र (४) अनुसार सो ब्याचका उत्पादनको थप बिक्री वा वितरण नगर्न पनि आदेश जारी गरिएको छ।

सिफारिस