मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ ग्रहण, मंसिर २४ गते विश्वासको मत लिने

दियोपोस्ट संवाददाता  

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई शपथ खुवाएका हुन्।

यादव मंसिर २४ गते प्रदेश सभामा विश्वासको मत लिन तयारीमा छन्। कांग्रेस संसदीय दलका नेता यादवलाई मंसिर १९ गते सात दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको थियो। उनलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका छन्।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमालेका सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेशमा नयाँ सरकार गठनको जिम्मेवारी कांग्रेस दलका नेता यादवलाई सुम्पिएको हो।

उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने तयारी गरेका छन्।

सिफारिस