काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिएको छ । संसद पुनर्स्थापनाको माग गर्दै आज कांग्रेसले पनि सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
कांग्रेसले वारेस नियुक्त गरेको पूर्वमहान्यायाधिवक्ता खम्म खातीमार्फत रिट दायर गरिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए ।
पार्टीले खातीलाई वारेस बनाएर संसद् पुनर्स्थापनाको मागसहित अदालत पठाएको घिमिरेले जानकारी दिए ।
यसअघि नेकपा एमालेले पनि सोही विषयमा रिट निवेदन दर्ता गराइसकेको छ। ।