गृहजिल्ला पुग्नेबित्तिकै जनार्दन शर्मालाई देखाए कालोझण्डा

दियोपोस्ट संवाददाता  

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई गृहजिल्ला केही युवाहरूले कालोझण्डा देखाएका छन्। आज गृह जिल्ला रूकुम पश्चिम पुगेका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीनिकट केही युवाहरूले कालोझण्डा देखाएका हुन्।

माओवादी परित्याग गरेर प्रलोपा गठनपछि शर्मा पहिलो पटक आज गृहजिल्ला पुगेका थिए।

आज बिहान १० बजेतिर सल्लेस्थित विमानस्थलमा ओर्लिनासाथ तत्कालिन नेकपा माओवादी केन्द्रका आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदारा नेतृत्वको टोलीले शर्मालाई कालोझण्डा देखाएका हुन्।

कालो झन्डा देखाउँदै करिब २० जनाको संख्यामा पुगेका नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले जनार्दनविरूद्ध नाराबाजी गरेका थिए।

शर्माले जनता र सहिदलाई धोका दिएको उनीहरूको आरोप थियो।

सिफारिस