नेकपानिकट जेन-जी रेड फोर्सद्वारा ‘जेन-जी जागरण’ कार्यक्रम सम्पन्न

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय पेरिसडाँडामा जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, कार्यकर्ता तथा ठूलो संख्यामा जेनजी पुस्ताका युवा सहभागी भएका थिए।

कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, जगन्नाथ खतिवडा लगायतका नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले बदलिँदो राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेशमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै युवा पुस्तासँग पार्टीको संवाद र सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बोधनका क्रममा नेताहरूले राजनीतिक चेतना, सामाजिक रूपान्तरण र समावेशी नेतृत्व विकासमा जेनजी पुस्ताको योगदान अपरिहार्य रहेको बताएका थिए। साथै, पार्टीको नीति निर्माण र संगठनात्मक गतिविधिमा युवाको सक्रिय सहभागिता बढाइने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा जेनजी युवाहरूको सहभागितामा सांस्कृतिक प्रस्तुति, गीत, कविता र सिर्जनात्मक अभिव्यक्ति प्रस्तुत गरिएको थियो। सांस्कृतिक कार्यक्रममार्फत युवाको सोच, भावना र सामाजिक चेतनालाई उजागर गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

पछिल्लो समय राजनीतिक दलहरू युवासँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमतर्फ आकर्षित भइरहेका छन्। पेरिसडाँडामा आयोजित यो कार्यक्रमलाई पनि युवा पुस्तालाई पार्टीको राजनीतिक धारसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।

कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू भलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल लगायत जेनजी रेड फोर्सका संयोजक स्मृती तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

 

सिफारिस