रेशम चौधरीको उम्मेदवारी खारेज

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल (रेशम) चौधरीको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले बिहीबार उनको मनोनयनपत्र खारेज गर्ने निर्णय गरेको हो।

चौधरी आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली-१ बाट उम्मेद्वार बनेका थिए । निर्वाचन अधिकृतले एक विज्ञप्ति जारी गर्दै चौधरीको मनोनयनपत्र प्रचलित कानूनअनुसार कायम रहन नसक्ने अवस्था देखिएको भन्दै उम्मेदवारी खारेज गरिएको बताएको छ ।

उमेरकैद सजाय पाएका व्यक्ति चुनावी क्षेत्रमा उम्मेदवार बन्न अयोग्य हुने प्रावधान बमोजिम उनको उम्मेदवारीलाई खारेज गरिएको बताइएको छ। चौधरी टिकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भोगेका थिए, तर उनी राष्ट्रपतिद्वारा आममाफी पाइसकेका भए पनि कानुनले उम्मेदवारी योग्यता मान्न नमिल्ने भएको छ।

यो निर्णयसहित कैलाली-१ मा मतदाताको मनोनयन सूची फेरिएको छ । चौधरीले माघ ६ गते उम्मेदवारी दर्ता गरेका थिए ।