धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया

दियो पोस्ट  

सिड्नी,पुष २२ । धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया चयन भएका छन् । समाजको शनिबार सिड्नीमा सम्पन्न साधारणसभाले थपलियाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

शनिबार साँझ आयोजित विशेष कार्यक्रममा समाजका नवनियुक्त पदाधिकारीहरुको घोषणा गरिएको हो । जसअनुसार, समाजको उपाध्यक्षमा सुरेन्द्र नेपाल, सचिवमा राधिका बानिया र कोषाध्यक्षमा विश्व थपलिया रहेका छन् । त्यसैगरि, सदस्यहरुमा दिनेश कार्की, दीपा अधिकारी, सुनिता त्रिपाठी, इभा अधिकारी, प्रभातकिरण नेपाल, दीपक खनाल, रामचन्द्र शर्मा, कपिल सिंखडा, शरद दाहाल, सुमन परियार र अनुपजङ्ग बानिया रहेका छन् । समाजको सल्लाहकारहरुमा मुरारी लम्साल, सन्तोष पाण्डे, जनक पाण्डे, प्रतिक्षा पाण्डे, दयाराम सिँखडा, उदय लोहनी, अर्जुन केसी र हरि अधिकारी रहेका छन् ।

नयाँ कार्यसमिति घोषणापछि अध्यक्ष थपलियाले समाजले आगामी दिनमा धादिङ जिल्ला र जिल्लावासीका लागि यहाँका नेपालीलाई एकीकृत गरेर सामाजिक काममा अघि बड्ने बताए । उनले अन्य राज्य संयोजकहरु पनि छिटै चयन गरिने जानकारी दिए । निवर्तमान अध्यक्ष किरण अधिकारीले नयाँ नेतृत्वले समाजलाई नयाँ उचाइमा पु¥याउने विश्वास ब्यक्त गरे । कार्यक्रमकी प्रमुख अतिथि नेपाली समाजकी अगुवा इन्द्रा वन, प्रमुख अतिथि एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, लिवरल फ्रेन्ड्स अफ नेपालका प्रमुख श्री नापित लगायतले धादिङ अष्ट्रेलिया समाजले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न शुभकामना दिएका थिए ।

नयाँ वर्ष शुभकामना साँझ नाम दिइएको उक्त कार्यक्रममा राजमार्ग वाल उद्यान निर्मार्णार्थ भन्दै च्यारिटी डिनरको पनि आयोजना गरिएको थियो । कार्यक्रममा नेपालबाट आएकी ख्यातिप्राप्त गायिका रेखा शाह लगायत यहाँका स्थानीय कलाकारहरु ईश्वर पोखरेल, रमण रेग्मी लगायतले प्रस्तुती दिएका थिए ।