उत्तर कोरियालाई लगाइएको प्रतिवन्ध नहटाउने ट्रम्पको उद्घोष, उत्तर कोरियाले पनि हतियार उत्पादन नरोक्ने

Diyo post  

वासिङटन, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासंग वार्ताको लागि उपयुक्त स्थान खोजिरहेको बताएका छन् । सोमबार अमेरिकी संचारमाध्यमहरुले ट्रम्पको भनाईलाई उदृत गर्दै अमेरिका र उत्तर कोरियाबिच चाँडै नै वार्ता हुने सम्भावना रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको अर्को चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भएको बताइएको छ । तर त्यस बैठकका लागि स्थानको भने निश्चित भएको छैन ।

अर्को बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन । स्थान र मिति तय गर्ने बारेमा तयारी भइरहेको जानकारी भइरहेको छ ।

आइतबार ह्वाइट हाउसको बाहिर जम्मा भएका समाचारदाताहरुलाई जानकारी दिँदै राष्ट्रपति ट्रम्पले उत्तर कोरियासंगको सम्बन्ध राम्रै गतिमा अगाडी बढिरहेको बताए । तरपनि उत्तर कोरियामाथिको प्रतिवन्ध भने कायम नै रहने उनले बताए ।

ट्रम्पले यसै हप्ताको शुरुमा कोरियाली नेता किमले आफुलाई पत्र पठाएको खुलाएका छन् । किमको पत्रबाटै आफुहरु वार्ता गर्न तयार भएको र सो वार्ता छिट्टै हुने बताए ।

तर उत्तर कोरियाले भने सिंगापुरमा पहिलो चरणको वार्तामा भएका प्रतिबद्धताहरुको कार्यान्वयनमा अमेरिकी पक्षबाट कुनै पनि प्रगति नभएको भन्दै उत्तर कोरियामाथि लगाइएको प्रतिवन्ध तत्काल नहटाइए आफ्नो तर्फबाट भएको निशस्त्रीकरणको प्रयासलाई पनि रोक्ने बताए ।

उत्तर कोरियाली नेता किमले नयाँ वर्षका अवसरमा दिनुभएको सन्देशमा अमेरिकाको तर्फबाट उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी हटाउने तथा अन्य कार्यक्रममा कुनै प्रगति नभएको भन्दै यदि त्यस्तो भयो भने आफूहरुको प्रतिबद्धताहरु पनि पूरा गर्नुपर्छ भन्ने नरहेको स्पष्ट गर्नुभएको थियो ।

तर त्यसपछि विकसित परिस्थितिका कारण यी दुई देशबीच अर्को चरणको बैठक हुने देखिएको छ ।

सम्बन्धित खबर