समायोजनको पक्षमा ५८ हजार कर्मचारी, अनलाईन तथा किताबखाना गई विवरण अद्यावधिक

Diyo post  

काठमाडौँ, पुष २४ । कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् ।

समायोजनमा जोन कर्मचारीहरुले किताबखानामा गएर आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका हुन् । निजामति किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीका अनुसार अघिल्लो वर्षमा अद्याबधिक नगर्नेहरुले पनि समायोजनको अवधारणा आएपछि विवरण अद्यावधिक गराउन थालेका छन् ।

कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराइरहेका छन् । अहिले दैनिक हजार कर्मचारी आफैँ आएर विवरण अद्यावधिक गराउने गरेका छन् ।

विवरण अद्यावधिक गराउनको लागि कर्मचारी आफै आउन तथा अनलाईनबाट समेत भर्न सक्ने व्यवस्था रहेको छ । हालसम्म २० हजार ५ सय कर्मचारीले समायोजन रोजिसकेको संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले बताएकी छिन् । त्यस्तै ३८ हजार कर्मचारीले अनलाईनमा फारम भरिसकेका र अभिलेखीकरण गर्न बाँकी रहेको उनले बताइन् । समायोजनका लागि फारम भरिसकेपछि मन्त्रालयले योग्यताका आधारमा समायोजन नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने छ ।

सरकारले पुष मसान्तसम्म समायोजनको सम्पुर्ण कामहरु टुंग्याईसक्ने लक्ष्य लिएको छ । कर्मचारीहरु तल्लो तहमा जानको लागि आफुलाई एक पद बढुवा गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् । कर्मचारी समायोजन अध्यादेशमा कर्मचारी हकहितका बारेमा उल्लेख नगरिएको भन्दै नेपाली कांग्रेस र कर्मचारीहरुले विरोध गरेको थियो ।

सम्बन्धित खबर