वैदेशीक रोजगार विभागबाट ७ विचौलिया पक्राउ

Diyo post  

काठमाडौँ, पुष २३ । प्रहरीले काठमाडौंको कालिमाटीस्थित वैदेशिक रोजगार विभागमा बिचौलिया गर्ने ७ जनालाई पक्राउ गरेको छ ।

सो विभागमा सेवाग्राहीहरुलाई ठगी गर्ने बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुमा काभ्रे साखु घर भई हाल कालिमाटी बस्ने २५ वर्षीय भरत तामाङ, काभ्रे मंगलटार घर भई हाल काठमाडौं न्यूरोड बस्ने ३७ वर्षीय दिपु शाह, भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङ पट्यारी घर भई हाल भक्तपुर बालकोट बस्ने २४ वर्षीय पुजन राई, काभ्रे कोशीपारी घर भई हाल काठमाडौं सानो भ¥याङ बस्ने ३५ वर्षीय गणेश तामाङ, काठमाडौं बाफलका २० वर्षीय बिकल शाही र काठमाडौं बाफलकै २६ वर्षीय राजेश तामाङ रहेको जानकारी गराएको हो ।

सेवाग्राहीमाथि गठी गर्नेहरुलाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिनु भयो । यसै परी महानगरीय प्रहरी परिसर, काठमाडौंले सामान ठगीमा संलग्न कैलालीका बासुदेव मैनालीलाई पनि पक्राउ गरेको छ । नक्कली चेक दिई काठमाडौंको विभिन्न स्थानबाट फ्रिज, टेलिभिजन, जेनेटर, विदेशी रक्सीलगायतका सामान गठी गरेको आरोपमा मैनालीलाई पक्राउ गरिएको पनि एसएसपी लामाले बताउनु भयो ।

प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट लागु औषध २३ ग्रामसहित १० जनालाई पक्राउ गरेको छ । काठमाडौंको सुकेधारा, नागढुंगा, तिनकुनेबाट खैरो हिराईन लागू औषधसहित कारोबारमा संलग्न १० जनालाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाइएको पनि महानगरी प्रहरी परिसर, काठमाडांैले जनाएको छ ।

हिजो र आज बिहान भित्र लागू औषध कारोबारमा संलग्न १० जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको परिसरका प्रमुख बसन्तकुमार लामाले जानकारी दिएका छन् ।

सम्बन्धित खबर