चितवन, पुष २४ । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा भएको स्पष्ठ पारेका छन् । उनले देशलाई विकास र समृद्धीको बाटोमा लैजानको लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडी बढ्ने बताएका छन् ।
पुनः निर्माण जिल्ला समिति चितवनको वैठकलाई सम्वोधन गर्दै प्रचण्डले विकासनिर्माणको कार्यमा हातेमालो गर्न आह्वान गरेका छन् । यसको बारेमा सोमबार सत्तापक्ष र प्रतिपक्षको वैठक बसेको र यसबारेमा गम्भिर छलफल गरेको बताए । सरकार र प्रतिपक्षमा राजनीतिक खिचातानी नभएको पनि प्रचण्डले बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका वरिष्ठ नेताहरुसहित बसको वैठकले राष्ट्रिय मुद्धामा समझदारीका साथ जाने कुरा भएको बताए । जिल्लामा पनि सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा बसेर पुननिर्माण लगायतका विषयमा छलफल गर्न सुझाव दिएका छन् ।