सशस्त्र प्रहरी बल कर्मचारीहरुलाई तत्काल बढुवा गराउन सरकारलाई संसदीय समितिको निर्देशन

Diyo post  

काठमाडौं, पुस २५ । संसदीय समितिले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुलाई तत्काल बढुवालगायतका सेवा, सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सशष्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुको बढुवालगायतका वृत्ति विकासको अवसर नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । सो बलको बढुवालगायतका वृत्ति विकास रोकिएको गुनासो आईरहेको थियो । सोही समस्या विधिसम्मत ढंगले तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनु भयो । समितिले सशष्त्र प्रहरी बलको कामलाई प्रभावकारी बनाउने गरी नीति तय गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले सशष्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको रोकिएको बढुवालगायतका वृत्ति विकासको अवसर प्रदान गर्न सशष्त्र प्रहरी ऐन संशोधन प्रक्रिया सुरु गरिएको समितिलाई जानकारी गराउनु भयो । उहाँले सशष्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको बढुवालगायतका माग सम्बोधन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । ऐनका कारण केही समययता सो बलको बढुवा रोकिएको भएपनि अब फुकाउँदै लैजाने गृहमन्त्री थापाको योजना छ ।

गृहमन्त्री थापाले सशष्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुलाई नेपाल प्रहरी र नेपाली सेनामा सरुवा गर्न मिल्ने÷नमिल्ने विषयमा बहस सुरु भएको उल्लेख गर्दै त्यसलाई पनि छिट्टै निष्कर्षमा पु¥याउने प्रतिवद्धता जनाएको हो ।

सम्बन्धित खबर