सरकारले दुईतिहाई शक्तिको दुरुपयोग गर्योः गगन थापा

Diyo post  

काठमाडौँ, पुष २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकारले शक्ति र सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
वुधबार चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर दुई तिहाईको दुरुपयोग गरको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारले उक्त विधेयक प्रतिवेदन बहुमतले पारित गरेर डा. गोविन्द केसीसँग भएको सम्झौता र आम जनताको भावनाविरुद्धमा काम गरेको टिप्पणी गरे ।

सांसद थापाले सरकारले केही मेडिकल व्यवसायीका लागि नागरिकको स्वास्थ्यसँग जोडिएको विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै यसबारेमा पुनःविचार गर्न सरकारसँग आग्रह गरे ।

सम्बन्धित खबर