नेपाल भारत संयुक्त आयोगको पाचौँ वैठक नेपालमा हुने

नेपाल भारत संयुक्त आयोगको पाचौँ वैठक नेपालमा हुने

काठमाडौँ, २६ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमा ज्ञवाली र भारतीय समकक्षी सुषमा स्वराजबिच भएको भेटवार्तामा नेपाल भारत सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको नयाँदिल्लीस्थित नेपाली दुतावासले जनाएको छ ।

दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सहयोगअन्तर्गत नेपालमा जारी विकास निर्माणका आयोजनाको समिक्षा गर्नुका साथै ती परियोजनामा भएको प्रगतिप्रति सन्तुष्ठ प्रकट गरेका छन् ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीले हालसालै दुवै देशबाट उच्चस्तरमा भएका भ्रमणको स्मरण गर्दै समानता, पारस्परिक विश्वास, सम्मान र आपसी लाभमा आधारित शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई अझ मजबुत तुल्याएकामा त्यसको प्रशंसा गरेका छन् ।

भारतको बाह्य मामिला मन्त्रालयको सहकार्यमा अब्जबर रिसर्च फाउण्डेशनले रायसिना संवादको चौथो संस्करण आयोजना गरेको हो । मन्त्री ज्ञवाली उक्त संवादमा मुख्य वक्ताका रुपमा सहभागी हुन विहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका थिए ।

Facebook Comments

Trending News