यमन, पुस २७ । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरूले गरेको मानवरहित विमान (ड्रोन) आक्रमणमा परि सरकार समर्थक ६ सैनिकको मृत्यु भएको छ।
सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ।
संयुक्त राष्ट्र संघको उपस्थितिमा स्विडेनका गत महिना हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको यमन सरकारका बीच कैयौँ सम्झौता भएको थियो।
गत चार वर्षदेखि यमन सरकार र हुथी विद्रोहीबीच सुरु भएको भीषण द्वन्द्वको अन्त्य हुने एक राम्रो अवसरका रुपमा यस सम्झौतालाई लिइएको थियो।
यस सम्झौतालाई पनि बाधा पुग्ने गरी सो आक्रमण भएको बताइएको छ।
अल अनाद एयर बेसमा भएको यो आक्रमणको सिते हुथी विद्रोही समूहले जिम्मा लिएका छन्।
यमनको दोस्रो ठूला शहर एडेनबाट ६० किलोमिटर उत्तरका अवस्थित सरकारको कब्जामा रहेको लाहिज प्राप्तमा रहेको अल आनाद एयर बेसमा सो आक्रमण भएको थियो।
यस आक्रमणका परि उच्चस्तरीय कमाण्डरहरूसहित कम्तीमा १२ व्यक्ति घाइते भएका छन्।
प्रान्तीय राजधानी हुटामा रहेको आबिएन खाल्डोअन अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ।