सिंहदरबारभित्र शुरु भयो सफाई अभियान, यसरी जुटे कर्मचारी र सुरक्षाकर्मी (फोटोफिचर)

Diyo post  

–पूर्णप्रसाद मिश्र

काठमाडौँ, २८ पुस मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबारका सबै कार्यालय बन्द थिए । पुसको बिहानी चिसो थियो, चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा भएको सफाइमा अधिकांश मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत बिहानैदेखि जुटेका थिए । प्रमुख प्रशासनिक स्थल क्षेत्रमा यत्रतत्र थुपारिएका निर्माण सामग्री, पुराना सवारी उठाई व्यवस्थित गरिएको कार्यालयका प्रशासन शाखा प्रमुख उपसचिव विष्णु घिमिरेले बताएका छन् ।

विभिन्न मन्त्रालय अघि थुपारिएका पुराना सवारीलाई गृहमन्त्रालय पछिको भागमा व्यवस्थित तरिकाले राखिएको छ । पुराना सवारीमध्ये मर्मत गरेर सञ्चालनमा आउन सक्नेलाई उपयोगमा ल्याइने कार्यालयले जनाएको छ । आज १०० भन्दा बढी सवारी साधनलाई व्यवस्थित गरिएको शाखा अधिकृत सुरज पोखरेलले बताए

सम्बन्धित खबर