झोलामा किताब बोक्नुपर्ने वालवालिका डोकोमा गाग्री बोक्दै

Diyo post  

काभ्रे, पुस ३० । काभ्रेको कोशीपारीमा खानेपानीको चरम अभाब भएको छ । काभ्रे कोशीपारी स्थित दुइवटा गाउँपालिकाछन् ।

खानेपानीको अभाव हुँदा झोलामा किताब बोकेर हिड्नुपर्ने बेलामा स्कुले बिधार्थीहरु डोकोमा गाग्री बोक्नुपर्ने बाध्यतामा छन् ।

दैनिक चार घण्टा पैदल हिडेर एक गाग्री पानि लिन जानु पर्ने समस्या रहेको छ । सल्ले भुम्लु गाउपालिका ६ वडाकोलाती भुम्लु सिम्ले खर्कपाखा नर्चपाखा लगायतको क्षेत्रमा पानीको हाहाकार देखिएको हो ।

स्थानियवासीले वर्षौंदेखि समस्या झेल्दै आएपनि समस्या अझै समाधान हुन सकेको छैन । यस्तै कोशिपरिको अर्को चौरी देउराली गाउपालिकामा पनि खानेपानीको उस्तै समस्या रहेको छ ।

काभ्रेकै नामुबा बिद्यालय रहेको यस पालिकामा यहाका जनताहरु एकाबिहानै डोको बोकेर पानी ओसार्न हिड्ने गर्दछन ।

सम्बन्धित खबर