काठमाडौँ, माघ ३ । मह स्वास्थ्यका लागि एकदमै उपयोगी खाद्यपदार्थ हो । यसमा शक्तिवर्दक र रोग निरोधक दुबै गुण हुन्छन् । यसर्थ, महलाई आयुर्वेदमा समत औषधीय गुणले भरिपुर्ण भनेर व्याख्या गरिएको छ ।
दैनिक नियमित एक चम्चा मह सेवन गर्दा रुघाखोकी र घाँटीको समस्याबाट बच्न सकिन्छ ।
दुई बर्षभन्दा माथिका बच्चलाई दैनिक एक चम्चा मह खुवाउँदा शरीरलाई चाहिने आवश्यक
भिटामिन पुर्ति हुनुका साथै रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्छ ।
बकाइनोको फुलको रसमा मह मिसाएर बिहान–बेलुका खाँदा महिनावारी गढवडीको समस्या हल हुन्छ ।
महलाई अमलाको चुर्णसँग मिसाएर खाएमा स्मरणशक्ति बढ्ने, छालामा चमक आउने र पेट सफा हुने हुन्छ ।
मह सेवनले चिसो लाग्दैन, शरीरमा रगतको कमी पनि हुँदैन । र, हड्डी तथा मांसपेशी पनि बलियो बनाउँछ ।
शुद्ध तोरीको तेलमा मह मिसाएर शरीरमा लगाउँदा बाहिरी ब्याक्टेरियाले आक्रमण गर्न पाउँदैन ।