हारेर पनि रियल क्वाटरफाइनलमा, बार्सिलोनाको परीक्षा आज

Diyo post  

काठमाडौं, माघ ३ । लेगानेससँग पराजित भएर पनि रियल म्याड्रिड कोपाडेलरे कपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । गएराती भएको खेलमा लेगानेसले १–० ले खेल जित्यो । तर, पनि पहिलो लेगमा ३–० गोलको पराजयले रियल समग्रमा ३–१ ले अघि रहँदै क्वाटरफाइनमा पुगेको हो । खेलमा ३० औं मिनेटमा मार्टिन ब्राथवाइटले गोल गरेका थिए ।

बार्सिलोनाको परीक्षा आज

कोपा डेल रेको पहिलो लेगमा लेभान्टेसँग २–१ गोलले पराजित भएको बार्सिलोनाले आज राती दोस्रो लेग खेल्दैछ । आफ्नै मैदानमा हुने खेलमा बार्सिलोनालाई १–० गोलको जित काफी हुनेछ । तर, लेभान्टेले १ मात्र गोल गर्दा बार्सिलोनालाई कम्तिमा पनि ३ भन्दा बढी गोल अन्तरको जितले मात्र क्वाटरफाइनल पुर्याउँनेछ । नेपाली समय अनुसार भोलि बिहान २ बजेर १५ मिनेटमा बार्सिलोनाको घरेलु मैदानमा दोस्रो लेग हुँदैछ । पहिलो लेगमा मेसी, सुवारेज, पिके, गोलकिपर टेर स्टेगनसहितका प्रभावशाली खेलेका थिएनन् ।

सम्बन्धित खबर